
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलनरत ‘नो केबलकार’ समूहले गाडी तोडफोड गरेको विरोधमा ताप्लेजुङमा बन्द आव्हान गरिएको छ । गाडी तोडफोडको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रा.लि.ले आज बन्द आव्हान गरेको हो ।
काफ्लेपाटीतर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा बिहीबार मे १ ज २५७९ नं.को गाडीलाई नो केबलकार समूहले रोकेर तोडफोड गर्दै सवारी चालक राजकुमार पौडेललाई मरणसन्न हुनेगरी कुटपिट गरेको भन्दै त्यसको विरोधमा बन्द आव्हान गरिएको ताप्लेजुङ पाथीभरा यातायात सेवाले जनाएको छ ।
तोडफोडको भत्सना गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरिएको छ । यसैबीच, बन्दको प्रभाव आंशिक रुपमा देखिएको छ । धेरैजसो सवारी साधन सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


संगालोखबर 













