संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-७ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शनिबार पूर्व-पश्चिम राजमार्ग अन्तरगत दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १ त ६७८८ नम्बरको ट्याक्टरले सोही दिशातर्फ आउँदै गरेको मे ६ प ६०७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका-३ का ६२ वर्षीय धन्य प्रसाद बराल र सोही स्थानका ६५ वर्षीय तारानारायण श्रेष्ठ घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि विएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

ट्याक्टर चालक उर्लाबारी नगरपालिका-३ का २८ वर्षीय शेखर खवासलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मोटरसाइकलले ओभरटेक गर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!