संगालोखबर

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा १२ जना घाइते भएका छन् । आन्दोलनरत पक्ष ठूलो फेदीबाट पदयात्रा गर्दै केबलकार निर्माणस्थलमा जाँदै गर्दा प्रहरीले रोक्न खोजेपछि बिहीबार दिउँसो झडप भएको हो ।

Advertisement

झडपमा नेपाल प्रहरी र शसस्त्र प्रहरी ११ जना तथा १ जना प्रदर्शनकारी घाइते भएका छन् । आन्दोलनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ ।

यसअघि पनि सो क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । पटक-पटकको आन्दोलन र झडपका कारण सो क्षेत्र अशान्त बन्दै गएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!