बुढासुब्वा गोल्डकपको २५ औँ संस्करण माघमा हुँदै
सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्वा गोल्डकप फुटबल प्रतियोगिताको २५ औँ संस्करण आगामी माघ १९ गतेदेखि हुने भएको छ । आज पत्रकार सम्मेलनमार्फत आयोजक धरान फुटबल क्लबले प्रतियोगिता माघ १९ गतेदेखि २६ गतेसम्म हुने जनाएको हो ।
धरान उपमहानगरपालिका-१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लब सहभागी हुनेछन् । प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भु...






























