बेलबारीमा बाल साहित्य कला महोत्सव
विराटनगर । विद्यालयका बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मोरङको बेलबारीमा बाल कला साहित्य महोत्सव सुरु भएको छ । बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबार सुरु भएको महोत्सव शनिबारसम्म चल्नेछ ।
महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला सञ्चालन भइरहेका छन् । प्रतिष्ठानकी प्रतिनिधि रेखा सुबेदीका अनुसार यस अवसरमा बाल साहित्य र कलाबारे गहन छलफल समेत हुनेछ ...



























