कानेपोखरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कानेपोखरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–५ शान्ति चोकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहिवार साँझ ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले बितरीत दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक कानेपोखरी गाउँपालिका–२ केरौनका ३२ बर्षीय दिलिप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चौधरी घाइत...
धनकुटाका थप ३७ जनामा कोरोना संक्रमण

धनकुटाका थप ३७ जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा ५२ जनाको पीसीआर परीक्षण गर्दा बिहिबार साँझ १८ पुरुष र १९ महिलाको रिपोर्ट पोजिटिभ आएको हो । धनकुटा नगरपालिकामा २५, पाख्रीवास नगरपालिकामा ८ तथा छथर जोरपाटी गाउँपालिका र सहिदभूमि गाउँपालिकामा २/२ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । धनकुटा नगरपालिका–१ का १२, ३५,...
धरानमा प्रहरी चौकीमै प्रहरी इन्चार्जमाथि खुकुरी प्रहार

धरानमा प्रहरी चौकीमै प्रहरी इन्चार्जमाथि खुकुरी प्रहार

सुनसरी । धरानमा बिहिबार साँझ प्रहरी चौकीमै प्रहरीमाथि खुकुरी प्रहार भएको छ । स्थानीय युवासमूहबीच भएको झडप रोक्ने क्रममा धरान–१५ बाझगरास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज असई सुमन दाहालमाथि खुकुरी प्रहार भएको हो । सो क्रममा प्रहरी हवलदार विजय यादव र प्रहरी जवान अरुण राजवंशी पनि सामान्य घाइते भएका छन् । प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान भएको हो । दुई समूहबीच भएको झडप रोक्ने...
धनकुटाका पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

धनकुटाका पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

धनकुटा । नेपाल प्रेस युनियनले धनकुटामा क्रियासिल पत्रकारहरुलाई बिहिबार स्वास्थ्य सामाग्री प्रदान गरेको छ । युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर पत्रकारहरुलाई सामाग्री वितरण गरिएको हो । नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले पत्रकारहरलाई मास्क र सेनिटाईजर प्रदान गरेका हुन् । उनले पत्रकार सन्तबीर लामा, सन्तोष रुचाल, नारायण कुमार आठपहरिया, हरी वहादुर लम्जेल, पूर्ण चौधरी, इ...
प्रदेश १ मा थपिए ८६५ कोरोना संक्रमित, ५२९ डिस्चार्ज

प्रदेश १ मा थपिए ८६५ कोरोना संक्रमित, ५२९ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा विगत २४ घण्टाको अवधिमा ८६५ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ३७७ महिला र ४८८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ४०७, सुनसरीमा १९४, झापामा ८६, संखुवासभामा ३७, तेह्रथुममा ३२, धनकुटामा २४, पाँचथरमा २१, ताप्लेजुङमा १८, इलाममा ११, भोजपुरमा ५, उदयपुरमा ४, खोटाङमा १ र प्रदेश १ बाहिरका २...
धनकुटाकी कोरोना संक्रमित बृद्धाको मृत्यु

धनकुटाकी कोरोना संक्रमित बृद्धाको मृत्यु

धनकुटा । धनकुटाको पाख्रीवासकी एक कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पाख्रीवास नगरपालिका–२ की ९१ बर्षीया कोरोना संक्रमित बृद्धाको मृत्यु भएको हो । गत आइतवार पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएकी उनको उपचारका क्रममा बुधबार बेलुका ७ः३० बजे मृत्यु भएको प...
धनकुटामा थपिए २० कोरोना संक्रमित

धनकुटामा थपिए २० कोरोना संक्रमित

धनकुटा । बुधबार साँझ धनकुटाका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा ७८ जनाको पीसीआर परीक्षण गर्दा ११ पुरुष र ९ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । छथर जोरपाटी गाउँपालिकाका १६, धनकुटा नगरपालिकाका २ र महालक्ष्मी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । संक्रमण पुष्टि हुँनेमा छथर जोरपाटी गाउँपालिका–६ ...
धनकुटाको राम्चे गाउँमा घरैपिच्छे विरामी, पुराणमा भेला हुँदा कोरोना फैलिएको आशंका

धनकुटाको राम्चे गाउँमा घरैपिच्छे विरामी, पुराणमा भेला हुँदा कोरोना फैलिएको आशंका

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–७ स्थित राम्चे गाउँमा अहिले दुई दर्जन भन्दा बढी व्यक्ति विरामी परेका छन् । गाउँको एक घरमा केही दिन अघि लगाइएको एकाहा पुराणमा सहभागि भएका अधिकांश व्यक्ति धमाधम विरामी पर्न थालेको स्थानीयबासी बताउँछन् । स्थानीयका अनुसार अहिले सो गाउँका करिब ३० जना विरामी परेका छन् । अधिकांशमा ज्वरो आउँने, रुघामर्की लाग्ने, जिउ दुख्ने, बान्ता हुँने लगायत समस्या देखिएको स्थानीय...
प्रदेश १ मा ८९८ कोरोना संक्रमित थपिए, ३५३ जना संक्रमणमुक्त

प्रदेश १ मा ८९८ कोरोना संक्रमित थपिए, ३५३ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा विगत २४ घण्टाको अवधिमा ८९८ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार २२२ जनाको पीसीआर परीक्षण गर्दा ३८८ महिला र ५१० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, तेह्रथुम र इलाममा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएक...
सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

सुनसरी । इनरुवामा राष्ट्रिय युवा संघले कोरोना नियन्त्रणमा खटिएका सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सशस्त्र प्रहरी वल ४ नं गण हेडक्वाटर इनरुवालाई १२ सय थान मास्क, २५ लिटर सेनिटाइजर, ३० थान फेस सिल्ड र ३५ बोतल हेण्डवास प्रदान गरिएको हो । युवा संघका केन्द्रिय सदस्य जिनियस निरौला, सुनसरी क्षेत्र नम्बर ४ ख का संयोजक धिरज बर्मा, २ का सह–संयोजक हरि निरौला र बिजय राईले सशस्त्र प्रहर...
धनकुटा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

धनकुटा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

धनकुटा । निवर्तमान प्रतिनिधि सभा सदस्य एवं एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले स्वास्थ्य मन्त्रालयमार्फत ल्याएको स्वास्थ्य सामाग्री वुधबार बिहान जिल्ला अस्पताललाई हस्तान्तरण गरेका छन् । अध्यक्ष राईले जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्मालाई सामाग्री हस्तान्तरण गरेका हुन् । जिल्लामा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेका बेला अध्यक्ष राईको पहलमा स्वास्थ्य मन्त्रालयमार्फत करिब २५ लाख मूल्य ...
धनकुटाका थप ४९ जनामा कोरोना संक्रमण

धनकुटाका थप ४९ जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा ८५ जनाको पीसीआर परीक्षण गर्दा मंगलबार साँझ २८ महिला र २१ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । धनकुटा नगरपालिकाका १९, साँगुरीगढी गाउँपालिकाका १४, छथर जोरपाटी गाउँपालिकाका १० र पाख्रीवास नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । धनकुटा नगरपालिका–१ का १९...
प्रदेश १ मा थपिए ८९७ कोरोना संक्रमित, ३१२ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ८९७ कोरोना संक्रमित, ३१२ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ८९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९५, झापामा २३०, सुनसरीमा १७८, धनकुटामा ११४, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु, भोजपुरमा १/ १ र प्रदेश १ बाहिरका २१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९२ महिला र १०९ पुरुषसहित २०१, बुढीगंगामा १३, उर्लाबा...
धनकुटाका बेग्ला–बेग्लै स्थानमा रुखले किच्दा एकैदिन दुई जनाको मृत्यु

धनकुटाका बेग्ला–बेग्लै स्थानमा रुखले किच्दा एकैदिन दुई जनाको मृत्यु

धनकुटा । धनकुटाका दुई वेग्ला–वेग्लै स्थानमा मंगलबार रुखले किचेर दुई जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–७ साफु र सहिदभूमि गाउँपालिका–३ छिन्ताङमा रुखले किचेर एक/एक जनाको मृत्यु भएको हो । दुवै ठाउँमा एकैदिन, एकै प्रकृतिका घटनामा दुई जनाले ज्यान गुमाएका छन् । रुख काट्ने क्रममा किच्दा दुबै ठाउँमा एक/एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहान करिब ९ बजे आफैले काट्दै गरेको ...
विराटनगरको सिंघिया खोलामा भेटियो महिलाको शव

विराटनगरको सिंघिया खोलामा भेटियो महिलाको शव

विराटनगर । विराटनगर–१९ स्थित घिनाघाट पुलमुनिको सिंघिया खोलामा एक महिलाको शव फेला परेको छ । मंगलबार दिउँसो करिब ३ बजे विराटनगर–३ घर भएकी ४३ वर्षीया सुमित्रा खतिवडा खोलामा मृृत फेला परेकी हुन । खोलामा घोप्टो परेर डुबेको अवस्थामा महिलाको शव भेटिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार महिलाले डिपे्रशनको औषधी सेवन गर्दै आएकी थिइन् । महिना दिनअघि नगरपालिकाको न्यायिक समितिमा दर्ता भएको जग्गा सम्बन...
धनकुटाका लागि २५ लाखको स्वास्थ्य सामाग्री लिएर आउँदै एमाले अध्यक्ष राई

धनकुटाका लागि २५ लाखको स्वास्थ्य सामाग्री लिएर आउँदै एमाले अध्यक्ष राई

धनकुटा । निवर्तमान प्रतिनिधि सभा सदस्य एवं एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई काठमाडौंबाट करिब २५ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री लिएर धनकुटा आउँदैछन् । गाडीमा स्वास्थ्य सामाग्री लोड गरेर मंगलबार बिहान उनी काठमाडौंबाट धनकुटा प्रस्थान गरेका हुन् । स्वास्थ्य सामाग्री मंगलबार साँझ धनकुटा आईपुग्ने एमाले अध्यक्ष राईले जानकारी दिए । उनकै पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको टेकुस्...
धनकुटामा रुखले किच्दा एक जनाको मृत्यु

धनकुटामा रुखले किच्दा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा आज बिहान रुखले किच्दा एक जनाको मृत्यु भएको छ । रुख काट्ने क्रममा ढलेर किच्दा महालक्ष्मी–७ आन्द्रुङका ३४ बर्षीय पुर्णकुमार लुम्बाको मृत्यु भएको हो । बिहान करिब ९ बजे चेक्रासी जातको रुख काट्ने क्रममा रुख आफुतिर ढलेर किच्दा लुम्बाको घटनास्थलमै मृत्यु भएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । ठेकी बनाउँनका लागि लुम्बासहित तीन जना साफुमा...
धनकुटाबाट एम्बुलेन्समा राखेर लैजादै गरेको अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद, दुई जना पक्राउ

धनकुटाबाट एम्बुलेन्समा राखेर लैजादै गरेको अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद, दुई जना पक्राउ

धनकुटा । धनकुटाबाट धरानतर्फ जाँदै गरेको एम्बुलेन्समा एक क्वीन्टल गाँजा बरामद भएको छ । एम्बुलेन्समा गाँजा भेटिएपछि प्रहरीले चालकसहित दुई जनालाई पक्राउ गरेको छ । धरानबाट एम्बुलेन्स पनि प्रहरीले नियन्त्रणमा लिएको छ । धरान उपमहानगरपालिका–२ स्थित राजमार्गबाट सोमबार साँझ करिब ७ बजे प्रहरीले गाँजासहित को १ च ५५५९ नम्बरको हुडेप नेपाल लेखिएको मारुती एम्वुलेन्सलाई नियन्त्रणमा लिएको हो । शंका लागेर चेकजाँ...
धनकुटामा एकैदिन थपिए ११३ कोरोना संक्रमित, महालक्ष्मीका ६३ जनामा संक्रमण पुष्टि

धनकुटामा एकैदिन थपिए ११३ कोरोना संक्रमित, महालक्ष्मीका ६३ जनामा संक्रमण पुष्टि

धनकुटा । धनकुटा थप ११३ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा १९८ जनाको पीसीआर परीक्षण गर्दा ७० पुरुष र ४३ महिलाको रिपोर्ट पोजिटिभ आएको हो । महालक्ष्मी नगरपालिकाका ६३, सहिदभूमि गाउँपालिकाका २४, धनकुटा नगरपालिकाका २१, पाख्रीवास नगरपालिकाका ३ र छथर जोरपाटी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । उनका अ...
प्रदेश १ मा थपिए १ हजार ३७ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १ हजार ३७ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६७ महिला र ९२ पुरुषसहित १५९, सुन्दरहरैं...
मोरङमा थपियो निषेधाज्ञा, छिमेकी जिल्लासँग एकरुपता कायम गरिने

मोरङमा थपियो निषेधाज्ञा, छिमेकी जिल्लासँग एकरुपता कायम गरिने

विराटनगर । कोरोना संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको सोमबार बसेको बैठकले निषेधाज्ञा थप ६ दिन लम्ब्याउने निर्णय गरेको हो । गत बैशाख ३१ गतेदेखि जारी गरिएको निषेधाज्ञाको समयावधि मङ्गलबार सकिदैछ । सोही कारण जेठ ११ गते राती १२ बजेदेखि जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय ...
धनकुटाका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि, एउटै टोलका २९ जनामा संक्रमण

धनकुटाका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि, एउटै टोलका २९ जनामा संक्रमण

धनकुटा । धनकुटाका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको पीसीआर ल्याबमा गएराती १२७ जनाको परीक्षण गर्दा ३४ पुरुष र ३० महिलामा संक्रमण पुष्टि भएको हो । सहिदभूमि गाउँपालिकामा ३०, महालक्ष्मी नगरपालिकामा १६, धनकुटा नगरपालिकामा १५ र साँगुरीगढी गाउँपालिमा २ संक्रमित थपिएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । आँखिसल्ला स्वास्थ्य चौकीका प्रमुख टोपेन्द्र ...
विराटनगरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो (भिडियोसहित)

विराटनगरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो (भिडियोसहित)

विराटनगर । संसद् विघटनको विरोधमा विराटनगरमा आइतवार साँझ नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । नेपाली काँग्रेस निकट तरुण बिभागले बरगाछी र नेकपा माओवादी केन्द्र निकट वाईसीएलले सिद्धार्थ चौकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । बरगाछीमा भेला भएका काँग्रेस नेता कार्यकर्ताले संसद...
प्रदेश १ मा थपिए ७६३ कोरोना संक्रमित, ३६० संक्रमणमुक्त

प्रदेश १ मा थपिए ७६३ कोरोना संक्रमित, ३६० संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३/३, र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ४९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९४ महिला र १३३ पुरुषसहित २२७, सुन्दरहरैंचामा ७६, पथरीशनिश्चरेमा २५, उर...
उदयपुरकी ३४ बर्षीया कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

उदयपुरकी ३४ बर्षीया कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

सुनसरी । उदयपुरको त्रियुगा–११ की ३४ बर्षीया कोरोना संक्रमित महिलाको आज मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको मृत्यु भएको हो । उनमा बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका लागि उनी त्यही दिन वीपी प्रतिष्ठानको कोभिड हस्पिटलमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा दिउँसो २ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोख्रेलले जानकार...
प्रदेश नं.१ का सबै नागरिकलाई खोप पुर्याउँन लागिपरेका छौ: मुख्यमन्त्री राई

प्रदेश नं.१ का सबै नागरिकलाई खोप पुर्याउँन लागिपरेका छौ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको भन्दै मुख्यमन्त्री राईले संघीय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको बताए । आइतबार विराटनगरमा करुणा फाउण्डेशन नेपालले प्रदेश नं १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै उनले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भए...
एकैदिन १५० जनाले गरे सगरमाथा आरोहण

एकैदिन १५० जनाले गरे सगरमाथा आरोहण

सोलुखुम्बु । वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन् । आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५० भन्दा बढी आरोही आज बिहान सगरमाथाको शिखरमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृत श्रेष्ठले अहिलेसम्म १५० भन्दा बढीले आरोहण गरेको खबर आएको बताए । “मौसम ...
विराटनगरबाट लागुऔषधसहित महिला पक्राउ

विराटनगरबाट लागुऔषधसहित महिला पक्राउ

मोरङ । बिराटनगर–१७ मटेरुवा चौकबाट लागुऔषधसहित एक जना महिला पक्राउ परेकी छन् । सुनसरीको इटहरी–१ की ४१ बर्षीया रेखा न्यौपानेलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । शनिबार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोला चेकजाँच गर्दा लागुऔषध बरामद भएको हो । उनको झोलाबाट लागुऔषध डाइलेक्स–डीसी ५० बोतल, नाईट्राभेट १०० ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन प्लस ४३२ चक्की...
माछा मार्ने क्रममा अरुण नदीले बगायो

माछा मार्ने क्रममा अरुण नदीले बगायो

भोजपुर । माछा मार्ने क्रममा गएराती अरुण नदीले बगाउँदा एक जना युवा वेपत्ता भएका छन् । भोजपुरको अरुण गाउँपालिका–७ का २४ बर्षीय युवराज अधिकारीलाई नदीले बगाएको हो । गएराती करिब १२ बजे उनी सोही स्थानको नसुवा र अरूण नदीको दोभानमा साथीहरुसँग माछा मार्न गएका थिए । ९/१० जना साथीहरु पनि माछा मार्न उनीसँगै गएका थिए । सोही क्रममा उनलाई अरुण नदीले बगाएको हो । नदीले बगाएर अधिकारीलाई बेपत्ता बनाएपछि प्रहरी, ...
धनकुटा नगरका मेयर तामाङको अभियानः कोरोना संक्रमितको घर–घरमा पुग्ने, हौसला बढाउँने

धनकुटा नगरका मेयर तामाङको अभियानः कोरोना संक्रमितको घर–घरमा पुग्ने, हौसला बढाउँने

धनकुटा । कोरोना संक्रमण फैलदै गएपछि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ संक्रमितको घर–घरमा पुग्ने र विरामीको हौसला बढाउँने अभियानमा जुटेका छन् । संक्रमितसँग भेटघाट गरी उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने र रोगसँग लड्न विरामीलाई हौसला र आत्माबल बढाउँन भन्दै मेयर तामाङले संक्रमितको घर–घरमा पुग्ने अभियान चलाएका हुन् । सोमबारबाट संक्रमितसँग भेटघाट गर्न सुरु गरेका मेयर तामाङले यो अभियानलाई निरन्तरता द...
धनकुटाका ट्राफिक प्रहरी दिपक बने बैशाख महिनाको उत्कृष्ट प्रहरी

धनकुटाका ट्राफिक प्रहरी दिपक बने बैशाख महिनाको उत्कृष्ट प्रहरी

धनकुटा । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी जवान दिपक खड्का बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । ट्राफिक प्रहरी खड्काले गरेको कार्य सम्पादनको मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालयले उनलाई बैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो । प्रहरी जवान खड्काले विभागिय मूल्य मान्यता बमोजिम आदेश, निर्देशनको पालना गरी व्यवसायिक लगनशिल र कर्तव्यनिष्ठ भई दिइएको पदिय दायित्...
error: Content is protected !!