धनकुटा । धनकुटा थप ११३ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा १९८ जनाको पीसीआर परीक्षण गर्दा ७० पुरुष र ४३ महिलाको रिपोर्ट पोजिटिभ आएको हो । महालक्ष्मी नगरपालिकाका ६३, सहिदभूमि गाउँपालिकाका २४, धनकुटा नगरपालिकाका २१, पाख्रीवास नगरपालिकाका ३ र छथर जोरपाटी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।
उनका अनुसार महालक्ष्मी नगरपालिका–२ का ४५, ४२, ४८, ६४, २१, ८०, ७०, ४०, ३४, ४१, १८, ४०, ४८, २६, २२, ३८, ४५, ६८, ६७, १९, ३६, ७२, ८७, ५०, ६५, ५८ र २१ बर्षीय पुरुष, २०, २१, २८, ३५, ३०, २८, ३२, १४, १५, २६ र ५० बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । महालक्ष्मी–५ का ३२ बर्षीय पुरुष र २३ बर्षीया महिला, महालक्ष्मी–७ का ५१, ३०, २७, ३५ र ३० बर्षीय पुरुष, ८, १४, २२, २७ र ३६ बर्षीया महिला, महालक्ष्मी–८ का ५८, २६, २८ र ४० बर्षीय पुरुष, महालक्ष्मी–९ का ७६, ५४, ३८, ५५, ६ र ६९ बर्षीय पुरुष, ३२, ५९ र ३२ बर्षीया महिलामा संक्रमण देखिएको हो ।
सहिदभूमि–२ का ५९, ३२, ५७, ५९, ७८, ३५, ३१, ५७, ४५, २४ र ४५ बर्षीय पुरुष, ४१, ३१, ४८, ५५, ५४, ३९, ३५ र २२ बर्षीया महिला, सहिदभूमि–३ का २३ बर्षीया महिला, सहिदभूमि–४ का १९ र २५ बर्षीया महिला, सहिदभूमि–५ का ३८ बर्षीय पुरुष र ३५ बर्षीया महिला संक्रमित भएका छन् । धनकुटा–१ का ४० बर्षीय पुरुष र ३० बर्षीया महिला, धनकुटा–४ का ३५, ३२, ११, २४ र ४८ बर्षीय पुरुष, ४१ र ६० बर्षीया महिला, धनकुटा–५ का ५३, ७० बर्षीय पुरुष र ६३ बर्षीया महिला, धनकुटा–७ का ५५, १८, २८ र ६३ बर्षीय पुरुष, ८४, ४८, ५८, ५३ र ३८ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
पाख्रीवास–३ का ६७ बर्षीय पुरुष, ३४ बर्षीया महिला, र पाख्रीवास–४ का २७ बर्षीया महिलामा संक्रमण देखिएको हो । त्यस्तै, छथर जोरपाटी–६ का ४३ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यता, भोजपुर–२ घर भई धनकुटा बस्दै आएका ३१ बर्षीय पुरुषमा पनि संक्रमित भएका छन् ।
यसअघि आइतवार राती आएको रिपोर्टमा पनि धनकुटाका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । १२७ जनाको परीक्षण गर्दा ३४ पुरुष र ३० महिलामा संक्रमण पुष्टि भएको हो । सहिदभूमि गाउँपालिकामा ३०, महालक्ष्मी नगरपालिकामा १६, धनकुटा नगरपालिकामा १५ र साँगुरीगढी गाउँपालिमा २ संक्रमित थपिएका थिए ।