संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३/३, र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ४९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९४ महिला र १३३ पुरुषसहित २२७, सुन्दरहरैंचामा ७६, पथरीशनिश्चरेमा २५, उर्लाबारीमा २१, बेलबारीमा १०, कटहरीमा ९, जहदामा ५, लेटाङमा ४, सुनबर्षी, कानेपोखरी र मिक्लाजुङमा ३/३, केराबारी, रंगेली, धनपालथान, बुढीगंगा र ग्रामथानमा २/२, रतुवामाई र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको इटहरीमा ४४, बर्जुमा ३०, इनरुवामा ११, धरानमा ८, दुहवीमा ७, बराहक्षेत्रमा ३, गढी र हरिनगरमा २/२, देवानगञ्ज, रामधुनी, भोक्राहानरसिंहमा १/१, स्थानीय तह नखुलेका ४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

यता, झापाको विर्तामोडमा ३३, कनकाईमा १६, अर्जुनधारामा १४, भद्रपुरमा १२, हल्दिबारी र मेचीनगरमा ७/७, बुद्धशान्तिमा ५, शिवसताक्षीमा ४, गौरीगञ्जमा ३, गौरादहमा २, बाह्रदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमित भएका छन् । त्यसैगरी उदयपुरको कटारीमा ५७, त्रियुगामा ४, चौदण्डीगढीमा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा ७, श्रीजंगामा ४, मेरिङदेन र स्थानीय तह नखुलेका १/१, धनकुटाको धनकुटा नगरपालिकामा २, छथर जथोरपाटीमा २, शहिदभूमी र महालक्ष्मीमा १/१, इलामको इलाम नगरपालिकामा ३, रोङ र देउमाईमा १/१, खोटाङको दिप्रुङ चुईचुम्मा, खोटेहाङ र स्थानीय तह नखुलेका १/१, पाँचथरको फिदिममा ३, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१ हजार २३१ पुगेको छ । जसमध्ये ३२ हजार ३६० जना संक्रमणमुक्त भएका छन् । आज ९३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार १११ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८६४ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ३१५ महिला र ४४८ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!