धनकुटा । नेपाल प्रेस युनियनले धनकुटामा क्रियासिल पत्रकारहरुलाई बिहिबार स्वास्थ्य सामाग्री प्रदान गरेको छ । युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर पत्रकारहरुलाई सामाग्री वितरण गरिएको हो ।
नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले पत्रकारहरलाई मास्क र सेनिटाईजर प्रदान गरेका हुन् । उनले पत्रकार सन्तबीर लामा, सन्तोष रुचाल, नारायण कुमार आठपहरिया, हरी वहादुर लम्जेल, पूर्ण चौधरी, इश्वर थापा, सन्तोष सुवेदी लगायतलाई सामाग्री प्रदान गरे ।
कोरानाको महामारीमा पनि जिवनलाई जोखिममा राखी अहोरात्र फ्रन्टलाईनमा खटिएर जनतालाई सूसूचित गराउँन लागिपर्ने पत्रकारलाई सुरक्षित राख्न र उनीहरुलाई हौसला तथा उर्जा प्रदान गर्न स्वास्थ्य सामाग्री प्रदान गरिएको उपाध्यक्ष राईले जानकारी दिए ।