संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजको पुलबाट नदीमा हामफालेका एक ब्यक्तिको सकुशल उद्धार गरिएको छ । संखुवासभा घर भई मोरङको सुन्दरहरैंचा बस्ने ४० बर्षीय एक पुरुषलाई नदीबाट उद्धार गरिएको हो ।

बिहिवार अपरान्ह पौने ५ बजे कोशी ब्यारेजको १० नम्बर ढोकाबाट उनी नदीमा फामफालेका थिए । लगत्तै प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा उनको उद्धार गरेको हो ।

Advertisement

नदीबाट उद्धार गरेर उनलाई इनरुवा अस्पताल लगिएको छ । नदीमा हामफाल्नुको कारण खुल्न वाँकी छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!