संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा आज बिहान रुखले किच्दा एक जनाको मृत्यु भएको छ । रुख काट्ने क्रममा ढलेर किच्दा महालक्ष्मी–७ आन्द्रुङका ३४ बर्षीय पुर्णकुमार लुम्बाको मृत्यु भएको हो ।

Advertisement

बिहान करिब ९ बजे चेक्रासी जातको रुख काट्ने क्रममा रुख आफुतिर ढलेर किच्दा लुम्बाको घटनास्थलमै मृत्यु भएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । ठेकी बनाउँनका लागि लुम्बासहित तीन जना साफुमा रुख काट्न गएका थिए । सोही क्रममा रुख ढलेर उनलाई किचेको हो ।

रुख ढल्ने क्रममा फेद उछिट्टीएर लाग्दा उनको मृत्यु भएको स्थानीय पवित्रा सुब्बाले बताइन् । ‘ठेकी बनाउँनका लागि तीन जनाले रुख काट्दै रहेछन् । रुख ढल्ने बेलामा दुई जनाचै भागेछन् । उ चै छेउमै भएकाले रुखको फेदले उछिट्टीएर लागेछ,’ घटनास्थल पुगेकी सुब्बाले संगालोखबरसँग भनिन् ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी जितपुर र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल गएको छ । कानुनी प्रकृया पुरा गरेर मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!