संगालोखबर सम्वाददाता

विराटनगर । कोरोना संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको सोमबार बसेको बैठकले निषेधाज्ञा थप ६ दिन लम्ब्याउने निर्णय गरेको हो ।

Advertisement

गत बैशाख ३१ गतेदेखि जारी गरिएको निषेधाज्ञाको समयावधि मङ्गलबार सकिदैछ । सोही कारण जेठ ११ गते राती १२ बजेदेखि जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

उनले यसपटक सुनसरी, मोरङ र झापाको निषेधाज्ञामा एकरुपता कायम गर्ने निर्णय भएको जानकारी दिए । ‘हामीले यसपटक तीन वटै जिल्लाको निषेधाज्ञामा एकरुपता कायम गर्ने प्रयास गरेका छौं, उनले भने, ‘अब मोरङमा पनि सुनसरी र झापा जस्तै निषेधाज्ञा जारी गरिन्छ । तीनवटै जिल्लामा समान समयावधिका लागि निषेधाज्ञा थप गरिन्छ ।’

मोरङमा पहिलोपटक बैशाख १८ गते राती १२ बजेदेखि लागु हुनेगरी ७ दिनका लागि निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि निषेधाज्ञाको समयावधि निरन्तर थप गरिदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!