संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६७ महिला र ९२ पुरुषसहित १५९, सुन्दरहरैंचामा ५०, बेलबारीमा ४१, रतुवामाईमा ३०, सुनबर्षीमा २१, कानेपोखरीमा १७, बुढीगंगामा १२, पथरीशनिश्चरेमा ७, कटहरीमा ६, धनपालथानमा ५, उर्लाबारी र जहदामा ४/४, ग्रामथानमा ३, मिक्लाजुङ र स्थानीय तह नखुलेका २/२, सुनबर्षी, केराबारी र रंगेलीमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको इनरुवामा १३७, भोक्राहानरसिंहमा ३९, धरानमा २३, इटहरीमा १७, हरिनगरमा १०, दुहवी र देवानगञ्जमा ८/८, रामधुनीमा ६, बर्जु र बराहक्षेत्रमा ४/४, गढीमा २ र स्थानीय तह नखुलेका १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

यता, झापाको बुद्धशान्तिमा ४७, दमकमा २१, विर्तामोडमा २०, कनकाईमा १३, शिवसताक्षी र भद्रपुरमा १२/१२, अर्जुनधारामा ११, कमल गाउँपालिकामा १०, मेचीनगरमा ७, बाह्रदशी र कचनकवलमा ४/४, झापा गाउँपालिकामा ३, गौरादह र स्थानीय तह नखुलेका २/२ र हल्दिबारीमा १ जना संक्रमित थपिएका छन् । त्यसैगरी धनकुटाको शहिदभूमीमा ३०, महालक्ष्मीमा १६, धनकुटा नगरपालिकामा १५, साँघुरीगढीमा २ र स्थानीय तह नखुलेका १, ओखलढुङ्गाको मानेभज्याङमा ५५ र शिद्धिचरणमा १, खोटाङको साकेलामा ३२, खोटेहाङमा ५, संखुवासभाको पाँचखपनमा २९, चिचिलामा २, भोजपुरको षडानन्दमा ७ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिमा २, सुर्योदय र चुलाचुलीमा १/१, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १/१, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५२ हजार २६८ पुगेको छ । जसमध्ये ३२ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । आज १८२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार ९४१ पुगेको छ । प्रदेश १ मा आज २ हजार ५१५ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएकामध्ये ४२९ महिला र ६०८ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!