संगालोखबर सम्बाददाता

सुनसरी । उदयपुरको त्रियुगा–११ की ३४ बर्षीया कोरोना संक्रमित महिलाको आज मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको मृत्यु भएको हो ।

Advertisement

उनमा बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका लागि उनी त्यही दिन वीपी प्रतिष्ठानको कोभिड हस्पिटलमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा दिउँसो २ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोख्रेलले जानकारी दिए ।

उनमा कुनै दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!