संगालोखबर सम्वाददाता


इटहरी । व्यवसायिक रेडियोहरुको छाता सस्था ब्रोडकास्टिङ एशोसिएसन नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणका कारण निधन भएको छ । मोरङको टंकिसिनवारीस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार बिहान ८ः२५ बजे न्यौपानेको निधन भएको हो ।

इटहरीको सप्तकोशी एफएमका स्टेशन म्यानेजरसमेत रहेका न्यौपानेलाई वैशाख २८ गते विराट मेडिकल कलेज भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।

Advertisement

सुनसरीका अग्रज सञ्चारकर्मी न्यौपाने बिज्ञापन बोर्डका सदस्यसमेत हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!