संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा ५२ जनाको पीसीआर परीक्षण गर्दा बिहिबार साँझ १८ पुरुष र १९ महिलाको रिपोर्ट पोजिटिभ आएको हो । धनकुटा नगरपालिकामा २५, पाख्रीवास नगरपालिकामा ८ तथा छथर जोरपाटी गाउँपालिका र सहिदभूमि गाउँपालिकामा २/२ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।

धनकुटा नगरपालिका–१ का १२, ३५, ३१, ५२, ९, १८, २३, ४६ बर्षीय महिला, ५८, ३८, ३६, ९, ५२, ४८ बर्षीय पुरुष, धनकुटा–४ का ५७ र ६४ बर्षीय पुरुष, धनकुटा–६ का ५५ बर्षीया महिला र ४५ बर्षीय पुरुष, धनकुटा–७ का ४० र ५८ बर्षीय पुरुष, धनकुटा–९ का ४०, २५, ३९ बर्षीया महिला, ५४ र ५८ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

Advertisement

पाख्रीवास–१ का ८०, ५२ बर्षीय पुरुष, पाख्रीवास–४ का ५७ बर्षीय महिला, पाख्रीवास–८ का २६, ७८ बर्षीया महिला, पाख्रीवास–१० का ५८, ६६ बर्षीया महिला र ६० बर्षीय पुरुषमा संक्रमण देखिएको छ । छथर जोरपाटी गाउँपालिका–३ का ४९ र ६० बर्षीय पुरुष संक्रमित भएका छन् । यता, सहिदभूमि–२ का ३८ बर्षीया महिला र सहिदभूमि–६ का २७ बर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!