संगालोखबर सम्वाददाता

सुनसरी । इनरुवामा राष्ट्रिय युवा संघले कोरोना नियन्त्रणमा खटिएका सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सशस्त्र प्रहरी वल ४ नं गण हेडक्वाटर इनरुवालाई १२ सय थान मास्क, २५ लिटर सेनिटाइजर, ३० थान फेस सिल्ड र ३५ बोतल हेण्डवास प्रदान गरिएको हो ।

Advertisement

युवा संघका केन्द्रिय सदस्य जिनियस निरौला, सुनसरी क्षेत्र नम्बर ४ ख का संयोजक धिरज बर्मा, २ का सह–संयोजक हरि निरौला र बिजय राईले सशस्त्र प्रहरी वल ४ नं गण हेडक्वाटर इनरुवाका सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेललाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य निरौलाले महामारीको बेलामा पनि अग्रपंतिमा खटिनेहरुलाई निजी खर्चबाट स्वास्थ्य सामाग्री प्रदान गरिएको जानकारी दिए । सो अवसरमा सशस्त्र प्रहरी उपरिक्षक पौडेलले सहयोगीहरुप्रति आभार प्रकट गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!