धनकुटा । धनकुटाका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको पीसीआर ल्याबमा गएराती १२७ जनाको परीक्षण गर्दा ३४ पुरुष र ३० महिलामा संक्रमण पुष्टि भएको हो ।
सहिदभूमि गाउँपालिकामा ३०, महालक्ष्मी नगरपालिकामा १६, धनकुटा नगरपालिकामा १५ र साँगुरीगढी गाउँपालिमा २ संक्रमित थपिएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । आँखिसल्ला स्वास्थ्य चौकीका प्रमुख टोपेन्द्र राईका अनुसार सहिदभूमि गाउँपालिका–६ को मामफिङ टोलका मात्रै २९ जनामा संक्रमण देखिएको छ । सहिदभूमि गाउँपालिका २ का ३३ बर्षीया महिला, सहिदभूमि–६ का ४५, ५८, २३, २२, २५, ३०, २२, २७, ४१, २४, २१, २५, ३५, ३१, २१, २७ र ७० बर्षीय पुरुष, ५०, १९, २२, १४, ३१, ७५, १९, २५, २७, ४९, ५२ र २४ बर्षीया महिलामा संक्रमण देखिएको हो ।
त्यस्तै महालक्ष्मी–३ का २८, २९ र ३४ बर्षीय पुरुष, महालक्ष्मी–४ का २६ बर्षीय पुरुष, २२ र ५० बर्षीया महिला, महालक्ष्मी–५ का ६९, ४३, ४४, ४८ र ५१ बर्षीय पुरुष, १९, ३५, २४, ४० र २४ बर्षीया महिला संक्रमित भएका छन् । त्यस्तैगरी, धनकुटा–१ का २९, ४२ बर्षीय पुरुष र २८ बर्षीया महिला, धनकुटा–४ का २४ बर्षीया महिला, धनकुटा–५ का २५, ३८, ४२ बर्षीय पुरुष र ३५ बर्षीया महिला, धनकुटा–६ का ३४ बर्षीय पुरुष, १४, ३१ र ३० बर्षीया महिला, धनकुटा–७ का ५५ बर्षीय पुरुष, ३४ बर्षीया महिला र धनकुटा–९ का २३ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
यता, साँगुरीगढी–१ का ५५ बर्षीय पुरुष र ५९ बर्षीया महिलामा संक्रमण देखिएको हो । तेह्रथुम–२ घर भई धनकुटा बस्दै आएका २८ बर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।