संगालोखबर


विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगर समितिको सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । सभापति पदका लागि कृष्णबहादुर कार्की र केशव गिरीको उम्मेदवारी परेको हो ।

निर्वाचन समितिका अनुसार कार्कीको प्रस्तावक भोजराज निरौला र समर्थक पंकज घिमिरे छन् । गिरीको प्रस्तावक पर्शुराम कटुवाल र समर्थक शम्भु चौधरी रहेका छन् ।

महानगर समितिको उपसभापतिमा शुभाशिष कोइराला निर्विरोध निर्वाचित हुँदा सचिवमा विरेन्द्रप्रसाद यादव पनि निर्विरोध भएका छन् । तोकिएको समयभित्र उपसभापति पदमा कोइराला र सचिवमा यादवको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् ।

महिला उपसभापतिमा श्रुति शर्मा र कृष्णाकुमारी साहबीच प्रतिस्पर्धा हुने भएको छ । विराटनगर महानगरको नयाँ कार्यसमिति चयनका लागि भोलि बिहान ८ बजेदेखि मतदान हुँदैछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!