एमाले बिर्तामोड नगर कमिटीले किन्यो ५० थान अक्सिजन सिलिन्डर

एमाले बिर्तामोड नगर कमिटीले किन्यो ५० थान अक्सिजन सिलिन्डर

झापा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेको छ । विभिन्न दाताबाट सङ्कलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौँबाट खरिद गरी मंगलवार साँझ झापा ल्याइएको हो । आजै सबै अक्सिजन सिलिण्डर नगर अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ । नगर अस्पतालमा अक्सिजनसहितको सिलिण्डरको अभाव भएपछि नगर कमिटिले सहयोग सङ्कलन अभियान नै चलाएर रु १५ लाख रकम...
प्रदेश १ मा थपिए ६६३ कोरोना संक्रमित, ७८१ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ६६३ कोरोना संक्रमित, ७८१ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिममा प्रदेश १ मा ६६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २७२, सुनसरीमा १८५, झापामा १३३, धनकुटामा २५, उदयपुरमा ७, इलाममा ६, ताप्लेजुङमा ३, सोलुखुम्वु, संखुवासभा, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७० महिला र ९४ पुरुष सहित १६४, सुन्दरहरैंचामा ३३, बुढीगंगामा २३,...
धनकुटाका कोरोना संक्रमित बृद्धको मृत्यु

धनकुटाका कोरोना संक्रमित बृद्धको मृत्यु

धनकुटा । धनकुटाका कोरोना संक्रमित एक बृद्धको आज मृत्यु भएको छ । धनकुटा नगरपालिका–३ का ६० बर्षीय संक्रमित बृद्धको होम आइसोलेशनमा मृत्यु भएको हो । गत शुक्रबार पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी घरमै होम आइसोलेशन बसेका थिए । बिहान करिब ७ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । मृतक बृद्धका नातीको भनाई उदृत गर्दै ग...
धनकुटामा ८ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण

धनकुटामा ८ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटामा आज साँझ थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ८ जनाको पीसीआर परीक्षण गर्दा ३ पुरुष र ३ महिलामा संक्रमण देखिएको हो । धनकुटा नगरपालिकाका ४ जना, पाख्रीबास नगरपालिका र छथर जारपाटी गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । धनकुटा–२ का ८८ बर्षीय पुरुष, धनकुटा–५ का ५५ बर्षीया महिला, धनकुटा...
इलाम र सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम र सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । इलाम र सुनसरीमा आज बिहान भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौकमा दक्षिणतर्फ जाँदै गरेको को २ त ८१८७ नम्बरको ट्याक्टरबाट लड्दा एक जनाको मृत्यु भएको छ । गुडिरहेको ट्याक्टरबाट लडेर पछाडिको चक्काले किच्दा ट्याक्टरका सहचालक खोटाङ साकेला गाउँपालिका १ डाँडागाँउका २२ बर्षीय विष्णुकुमार बस्नेतको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र चाल...
प्रदेश १ मा अक्सिजन अभावले कोरोना संक्रमितको ज्यान जोखिममा (भिडियो रिपोर्टसहित)

प्रदेश १ मा अक्सिजन अभावले कोरोना संक्रमितको ज्यान जोखिममा (भिडियो रिपोर्टसहित)

विराटनगर । अक्सिजन अभावका कारण प्रदेश १ का अस्पतालहरुमा गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचार प्रभावित हुँन थालेको छ । उपचारका लागि आवश्यक अक्सिजनको सहज आपूर्ति नहुँदा नयाँ संक्रमितले अस्पतालमा उपचार नपाउँने अवस्था मात्र बनेको छैन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको ज्यानसमेत जोखिममा परेको छ । कोरोना संक्रमितको सघन उपचारका लागि सञ्चालित प्रदेश १ का ठूला कोभिड अस्पतालहरुमा सहज रुपमा अ...
सुनसरीबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सुनसरीबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ नहर चोकबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ गरेका छन् । भारतको अररिया बेला बासमतिया बिहारका २८ बर्षीय मजरुल हकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । सोमबार दिउँसो साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट डाइलक्स डीसी–५०२ थान, नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेट ब...
धनकुटामा थपिए २१ कोरोना संक्रमित

धनकुटामा थपिए २१ कोरोना संक्रमित

धनकुटा । धनकुटामा आज साँझ २१ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पतालको ल्यावमा ४४ जनाको पीसीआर परीक्षण गर्दा १२ पुरुष र ९ महिलामा संक्रमण देखिएको हो । धनकुटा नगरपालिकाका १३ जना, शहिदभूमि गाउँपालिकाका ७ जना र पाख्रीबास नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । धनकुटा–१ का ३२ र ३४ बर्षीय पुरुष, ३२ र ५० बर्षीया महिला, धनकुटा–६...
प्रदेश १ मा थपिए ६९७ कोरोना संक्रमित, ९९३ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ६९७ कोरोना संक्रमित, ९९३ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६९७ जना कोराना संक्रमित थपिएका छन् । मोरङमा २५०, झापामा १८०, सुनसरीमा १६३, तेह्रथुममा २५, खोटाङमा २३, धनकुटामा २१, उदयपुरमा ७, इलाममा ६, भोजपुरमा ३, पाँचथर र संखुवासभामा १/१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५१ महिला र ९३ पुरुषसहित १४४, सुन्दरहरैंचामा ३०, उर्लाबारीमा...
विराटनगरमा औषधी कालोबजारी गर्ने मेडिकल स्टोर सञ्चालक पक्राउ

विराटनगरमा औषधी कालोबजारी गर्ने मेडिकल स्टोर सञ्चालक पक्राउ

मोरङ । औषधी कालोबजारी गर्ने विराटनगर–१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक रवि कुमार रजकलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३५ बर्षीय रजकलाई पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा रजकको घर खानतलासी गर्दा कोठाबाट औषधि बरामद भएको छ । कोठाबाट फिजिसियन स्याम्पलका औषधी, मुटु सम्बन्धी औषधी, पेनकिलर,...
पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ सुङनिमाचौकमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङतर्फ जादै गरेको प्रदेश नम्वर १–०१–००१ च ७७०६ नम्वरको एम्बुलेन्स सडकबाट करिव १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा याङवरक गाउँपालिका–२ का ५० बर्षीया ममता राई, १९ बर्षीय हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा–३ का ५५ बर्षीय डोड कुमार र...
सुनसरीको भण्टावारीबाट १६५ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीको भण्टावारीबाट १६५ किलो गाँजासहित एक जना पक्राउ

सुनसरी । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गबाट ठूलो परिमाणमा गाँजासहित एक जना पक्राउ परेका छन् । १६५ किलो गाँजासहित स्थानीय ४० बर्षीय गणेश यादवलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पौने ३ बजे गाँजासहित यादवलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार राजमार्गको दक्षिण पानीटंकी नजिक...
काँग्रेस सचिव राईले व्यक्तिगत रुपमा चालकलाई दिए पीपीईसहित स्वास्थ्य सामाग्री

काँग्रेस सचिव राईले व्यक्तिगत रुपमा चालकलाई दिए पीपीईसहित स्वास्थ्य सामाग्री

धनकुटा । नेपाली काँग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले विरामी वोक्न प्रयोग गरिदै आएको मारुती भ्यानका चालकलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) सहित स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । पाख्रीवास नगरबासीलाई निःशुल्क अस्पताल पुर्याउँन काँग्रेस पाख्रीवास नगर कार्य समितिले सञ्चालनमा ल्याएको मारुती भ्यानका चालक बिष्णुकुमार राईलाई सचिव राईले सामाग्री प्रदान गरेका हुन् । पाख्रीवासबाट विरामी लिएर ...
प्रदेश १ मा थपिए १००५ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १००५ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको विर्तामोडमा ७३, दमकमा ७०, मेचीनगरमा ४६, भद्रपुरमा ३४, कनका...
धनकुटाका थप १६ जनामा कोरोना संक्रमण

धनकुटाका थप १६ जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप १६ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ४५ जनाको पीसीआर परीक्षण गर्दा ९ महिला र ७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । धनकुटा नगरपालिकामा ११ जना, पाख्रीबास नगरपालिकाका ३ जना र शहिदभूमि गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । धनकुटा–१ का ४८, ३४, २९ र २७ बर्षीया महिला, धनकुटा–४ का ३५ ब...
तिनजुरे, मिल्के र जलजले क्षेत्रमा ढकमक्क फुल्यो लालीगुराँस

तिनजुरे, मिल्के र जलजले क्षेत्रमा ढकमक्क फुल्यो लालीगुराँस

तेह्रथुम । तिनजुरे, मिल्के र जलजले क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ । गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छन् । पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यटनको प्रवेशद्वार मानिन्छ । यो नगरपालिकाको पूर्व सिमाना पिङगुवा खोलाले छुट्टयाएको छ भने पश्चिम सिमाना धनकुटा जिल्लाको पानी ढलो डाँडाले छुट्टयाएको छ । त...
खैरो हिरोइनसहित दुई जना पक्राउ

खैरो हिरोइनसहित दुई जना पक्राउ

झापा । झापाको बुद्धशान्ती गाउँपालिका ३ धाईजन चौकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेत छन् । ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिवार बेलुका करिब ६ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) २ ग्राम ४ सय मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको निधन

पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको निधन

विराटनगर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको शनिवार निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि झापाको बिर्ता सिटी अस्पतालमा उपचार गराइरहेका भण्डारीको दिउँसो करिब २ बजे निधन भएको हो । स्वास्थ्यमा समस्या बढेपछि भण्डारीलाई बैशाख २८ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । डाक्टरले उनको स्वास्थ्यमा सुधार हुँने संभावना नरहेको भन्दै घर लैजान भनेका थिए । अस्पतालबाट घ...
प्रदेश १ मा थपिए ७०१ कोरोना संक्रमित, ९९५ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ७०१ कोरोना संक्रमित, ९९५ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७०१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २०६, झापामा २०५, सुनसरीमा १२१, धनकुटामा ५५, संखुवासभामा ४०, खोटाङमा १३, इलाममा ८, उदयपुरमा ५, पाँचथर र भोजपुरमा३/३, तह्रथुममा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६७ महिला र ७८ पुरुषसहित १४५, सुन्दरहरैंचामा २५...
धनकुटामा होम आइसोलेशनमा बसेका कोरोना संक्रमितको मृत्यु

धनकुटामा होम आइसोलेशनमा बसेका कोरोना संक्रमितको मृत्यु

धनकुटा । धनकुटामा होम आइसोलेशनमा बसेका एक कोरोना संक्रमित बृद्धको शनिवार विहान मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ देब्रेवासका ६० बर्षीय कोरोना संक्रमित बृद्धको बिहान करिब ४ बजे घरमै मृत्यु भएको हो । जेठ १० गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी घरमै ‘होम आइसोलेशन’ बसेका थिए । परिवार स्रोतका अनुसार सुरुमा उनलाई ज्वरो आएको थियो । पछि निको हुदै गयो...
भोजपुरका कोरोना संक्रमितको मृत्यु

भोजपुरका कोरोना संक्रमितको मृत्यु

सुनसरी । भोजपुरका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा भोजपुर–१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो । स्वास्थ्यमा समस्या बढेपछि उनलाई शुक्रबार नै प्रतिष्ठान भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको हो । इमर्जेन्सी कक्षमा उपचारका क्रम...
सडकको नालीमा डुबेर तीन बर्षीया वालिकाको मृत्यु

सडकको नालीमा डुबेर तीन बर्षीया वालिकाको मृत्यु

संखुवासभा । खाँदबारी–३ चिसापानी गुम्बा टोलमा सडकको नालीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । घर नजिकै खेल्ने क्रममा शुक्रबार दिउँसो नालीको पानीमा डुबेर स्थानीय सुरेश गुरुङकी तीन बर्षीया छोरी एलिसाको मृत्यु भएको हो । खेल्ने क्रममा उनी कच्चि सडकको पानी जमेको नालीको खसेकी थिइन् । बेहोस अवस्थामा भेटिएकी उनलाई उपचारका लागि खाँदबारी–१ स्थित गोपाल भगत मेमोरियल हस्पिटल पुर्याइएको थियो । उपचारकै क्रममा अप...
धनकुटाका थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटाका थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटाका थप ५१ जनामा शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा २८ पुरुष र २३ महिलाको रिपोर्ट पोजिटिभ आएको हो । सहिदभूमि गाउँपालिकाका २० जना, धनकुटा नगरपालिकाका १७, महालक्ष्मी नगरपालिकका ८, पाख्रीवास नगरपालिकाका ४ र छथर जोरपाटी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए...
पत्रकार महासंघ प्रदेश समितिद्वारा धनकुटाका पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

पत्रकार महासंघ प्रदेश समितिद्वारा धनकुटाका पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

धनकुटा । नेपाल पत्रकार महासंघ प्रदेश १ कार्यसमितिले धनकुटाका पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महासंघ प्रदेश समितिकोतर्फबाट जिल्लाका क्रियासिल पत्रकारहरुका लागि जिल्ला कार्यसमितिलाई सामाग्री हस्तान्तरण गरिएको हो । पत्रकार महासंघ धनकुटा शाखामा आयोजित कार्यक्रममा महासंघ प्रदेश उपाध्यक्ष हिमा चेम्जोङले जिल्ला अध्यक्ष नगेन्द्र राईलाई १ हजार ५ सय थान सर्जिकल मास्क र ७० बट्टा सेनि...
धनकुटामा थपियो निषेधाज्ञा: पसल खोल्ने समय कटौती, सवारी कुदाउँनेलाई ५ हजारसम्म जरिवाना

धनकुटामा थपियो निषेधाज्ञा: पसल खोल्ने समय कटौती, सवारी कुदाउँनेलाई ५ हजारसम्म जरिवाना

धनकुटा । धनकुटामा थप कडाई गर्दै ११ दिन निषेधाज्ञा लम्ब्याइएको छ । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जेठ २६ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेका हुन् । कोरोना संक्रमण बढ्दै गएपछि यसअघि बैशाख ३१ गतेदेखि जेठ १५ गतेसम्म लागु हुँने गरी १५ दिनका लागि निषेधाज्ञा घोषणा गरिएको थियो । निषेधाज्ञा अवधि सकिन एक दिन वाँकी छदै श...
प्रदेश १ मा थपिए ७४९ कोरोना संक्रमित, ७९१ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ७४९ कोरोना संक्रमित, ७९१ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७४९ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा २३२, झापामा २०७, सुनसरीमा १६४, धनकुटामा ३८, उदयपुरमा ३४, संखुवासभामा २५, इलाममा १३, पाँचथरमा ८, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८४ महिला र ८० पुरुषसहित १६४, सुन्दरहरैंचामा २४, पथरीशनिश्चरेमा ११, उर्लाबारीमा ८,...
प्रदेश १ सरकारलाई रेडक्रस र आइपासले दियो स्वास्थ्य सामाग्री

प्रदेश १ सरकारलाई रेडक्रस र आइपासले दियो स्वास्थ्य सामाग्री

विराटनगर । नेपाल रेडक्रस सोसाईटी प्रदेश समिति र आईपास नेपालले प्रदेश १ सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल र कोषाध्यक्ष ओमप्रकाश गौतमले शुक्रबार सामाजिक विकास मन्त्री उषाकला राईलाई सामाग्री हस्तान्तरण गरेका हुन् । अक्सिजन कन्सनट्रेटर १० थान, पीपीई सेट ३ सय थान र सर्जिकल मास्क १ लाख थान प्रदान गरिएको रेडक्...
धनकुटाको आइसोलेशनमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

धनकुटाको आइसोलेशनमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

धनकुटा । धनकुटाको औद्योगिक ग्रामस्थित आइसोलेशनमा आज बिहान एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । धनकुटा नगरपालिका–५ का ७६ बर्षीय कोरोना संक्रमित बृद्धको बिहान करिब ६ बजे मृत्यु भएको हो । नेपाली सेनाले मृतकको शवलाई अन्त्येष्टिका लागि लगेको छ । जेठ ३ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइशोलेशनमा राखिएको हो । स्वास्थ्य अवस्था सामान्य रहेका उनको आज बिहान एक्कासी मृत्यु भएको जिल्ला अस्पतालका ...
धरानकी २८ बर्षीया युवतीको कोरोनाबाट मृत्यु

धरानकी २८ बर्षीया युवतीको कोरोनाबाट मृत्यु

सुनसरी । धरानकी एक युवतीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धरान उपमहानगरपालिका–१७ की २८ बर्षीया युवतीको शुक्रबार बिहान मृत्यु भएको हो । अन्य दिर्घरोगसमेत नरहेकी उनको कारोना संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनमा बैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पताल भर्ना...
अग्रज सञ्चारकर्मी न्यौपानेको कोरोनाका कारण निधन

अग्रज सञ्चारकर्मी न्यौपानेको कोरोनाका कारण निधन

इटहरी । व्यवसायिक रेडियोहरुको छाता सस्था ब्रोडकास्टिङ एशोसिएसन नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणका कारण निधन भएको छ । मोरङको टंकिसिनवारीस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार बिहान ८ः२५ बजे न्यौपानेको निधन भएको हो । इटहरीको सप्तकोशी एफएमका स्टेशन म्यानेजरसमेत रहेका न्यौपानेलाई वैशाख २८ गते विराट मेडिकल कलेज भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि...
कोशीमा हामफालेकाको सकुशल उद्धार

कोशीमा हामफालेकाको सकुशल उद्धार

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजको पुलबाट नदीमा हामफालेका एक ब्यक्तिको सकुशल उद्धार गरिएको छ । संखुवासभा घर भई मोरङको सुन्दरहरैंचा बस्ने ४० बर्षीय एक पुरुषलाई नदीबाट उद्धार गरिएको हो । बिहिवार अपरान्ह पौने ५ बजे कोशी ब्यारेजको १० नम्बर ढोकाबाट उनी नदीमा फामफालेका थिए । लगत्तै प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा उनको उद्धार गरेको हो । न...
error: Content is protected !!