धनकुटा । धनकुटाको पाख्रीवासकी एक कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पाख्रीवास नगरपालिका–२ की ९१ बर्षीया कोरोना संक्रमित बृद्धाको मृत्यु भएको हो ।
गत आइतवार पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सोमबार प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएकी उनको उपचारका क्रममा बुधबार बेलुका ७ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिए ।