संगालोखबर सम्वाददाता

धनकुटा । बुधबार साँझ धनकुटाका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा ७८ जनाको पीसीआर परीक्षण गर्दा ११ पुरुष र ९ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

छथर जोरपाटी गाउँपालिकाका १६, धनकुटा नगरपालिकाका २ र महालक्ष्मी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । संक्रमण पुष्टि हुँनेमा छथर जोरपाटी गाउँपालिका–६ का ६५, ३५, ४१, ७, ५० बर्षीय महिला, ३०, ४८, २७, ३१, ३३ र ३० बर्षीय पुरुष, छथर जोरपाटी–२ का ३० बर्षीया महिला, २८, २४, ३२ र ३७ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

धनकुटा–६ का ८७ बर्षीय महिला र धनकुटा–१० का ४३ बर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै महालक्ष्मी नगरपालिका–२ का २८ बषीय पुरुषमा पनि संक्रमण देखिएको छ । यता, संखुवासभाको खाँदवारी–१ घर भई धनकुटा बस्दै आएका ५८ बर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!