संगालोखबर सम्वाददाता
फाइल तस्वीर

भोजपुर । माछा मार्ने क्रममा गएराती अरुण नदीले बगाउँदा एक जना युवा वेपत्ता भएका छन् । भोजपुरको अरुण गाउँपालिका–७ का २४ बर्षीय युवराज अधिकारीलाई नदीले बगाएको हो ।

गएराती करिब १२ बजे उनी सोही स्थानको नसुवा र अरूण नदीको दोभानमा साथीहरुसँग माछा मार्न गएका थिए । ९/१० जना साथीहरु पनि माछा मार्न उनीसँगै गएका थिए ।

Advertisement

सोही क्रममा उनलाई अरुण नदीले बगाएको हो । नदीले बगाएर अधिकारीलाई बेपत्ता बनाएपछि प्रहरी, आफन्त र स्थानीयबासीले उनको खोजी गरिरहेको प्रहरी चौकी जरायोटारले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!