मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–५ शान्ति चोकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहिवार साँझ ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले बितरीत दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाइकल चालक कानेपोखरी गाउँपालिका–२ केरौनका ३२ बर्षीय दिलिप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चौधरी घाइते भएका थिए ।
उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा राती पौने ८ बजे मृत्यु भएको हो ।