संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा ८५ जनाको पीसीआर परीक्षण गर्दा मंगलबार साँझ २८ महिला र २१ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

Advertisement

धनकुटा नगरपालिकाका १९, साँगुरीगढी गाउँपालिकाका १४, छथर जोरपाटी गाउँपालिकाका १० र पाख्रीवास नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । धनकुटा नगरपालिका–१ का १९, २४ र ४६ बर्षीया महिला, ६ र ४८ बर्षीय पुरुष, धनकुटा–४ का ३२, ६० बर्षीया महिला र २३ बर्षीय पुरुष, धनकुटा–५ का ३६, ३९, ४३ र ४५ बर्षीया महिला, ५२ र ६५ बर्षीय पुरुष, धनकुटा–६ का ४३ र ६३ बर्षीया महिला, १९, २७ बर्षीय पुरुष र धनकुटा–७ का ५२ बर्षीया महिलामा संक्रमण देखिएको हो ।

त्यस्तै, साँगुरीगढी–६ का ४० बर्षीय पुरुष, साँगुरीगढी–९ का ६२, ४५, ७०, ६३, २३, ३४, ६१, ५३, ३८ र ५३ बर्षीया महिला, ३५, ५२ र ६५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । छथर जोरपाटी–२ का १०, ३३, ७० र ३३ बर्षीया महिला, ४० र ३९ बर्षीय पुरुष, छथर जोरपाटी–५ का ६८ बर्षीय पुरुष, छथर जोरपाटी–६ का ५२ बर्षीया महिला, २५ र ६१ बर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

पाख्रीवास–१ का १७ बर्षीय युवक, पाख्रीवास–२ का ३० बर्षीय पुरुष र ३० बर्षीया महिला, पाख्रीवास–५ का ६० बर्षीय पुरुष संक्रमित भएका छन् । यता, तेह्रथुमको लागिगुँरास–२ घर भई धनकुटा बस्दै आएका ३५ र ४६ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!