संगालोखबर


विराटनगर । मोरङमा सिटी सफारीले ठक्कर दिँदा गाउँपालिका अध्यक्ष घाइते भएकी छन् । सफारीको ठक्करबाट कानेपोखरी गाउँपालिकाकी अध्यक्ष ५५ वर्षीया राजमती इङ्नाम घाइते भएकी हुन् ।

आइतबार कानेपोखरी गाउँपालिका-६ स्थित कानेपोखरी-रंगेली सडक खण्डमा प्र १-०२-००५ ह १७३४ नम्बरको सिटी सफारीले इङ्नाम सवार प्र १-०२-०५० प ९०३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा इङ्नामको ढाड र दाहिने खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । उनलाई तत्काल उपचारका लागि कानेपोखरी नगर अस्पताल लगिएको थियो । हाल उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

सफारी चालकले सडकमा ध्यान नदिँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनापश्चात फरार रहेका सफारी चालक कानेपोखरी-२ का हेन्जुल सोरेनलाई आज बिहान नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!