विराटनगर । प्रदेश १ मा विगत २४ घण्टाको अवधिमा ८९८ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार २२२ जनाको पीसीआर परीक्षण गर्दा ३८८ महिला र ५१० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, तेह्रथुम र इलाममा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ७८ महिला र ९१ पुरुष सहित १६९, सुन्दरहरैचामा ४५, रंगेलीमा २८, कटहरी र बुढीगंगामा १४–१४, पथरीशनिश्चरेमा १३, केराबारीमा १०, उर्लाबारीमा ९, सुनबर्षी र जहदामा ४–४, ग्रामथानमा ३, मिक्लाजुङ, धनपालथान र स्थानीय तह नखुलेका २–२, बेलबारी, रतुवामाई र लेटाङमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीको इनरुवामा १०५, इटहरीमा ७१, देवानगञ्जमा ४०, धरानमा ३१, दुहवीमा १०, रामधुनीमा ८, बराहक्षेत्र र गढीमा ४–४, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका २–२, हरिनगर, बर्जु र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ । झापाको दमकमा ५६, कमल गाउँपालिकामा ७, गौरादहमा ६, भद्रपुरमा ४, विर्तामोड र शिवसताक्षीमा ३–३, मेचीनगरमा २, कचनकवल, बाह्रदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसैगरि पाँचथरको फिदिममा ५२, फालेलुङ, हिलिहाङ र फाल्गुनन्दमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २०, साँघुरीगढीमा १४, छथर जोरपाटीमा १०, पाख्रीवासमा ४, संखुवासभाको चैनपुरमा ३०, खाँदबारीमा ९, मादीमा १, खोटाङको हलेसीतुवाचुङमा १५, भोजपुरको षडानन्दमा ६ र भोजपुर नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा २, स्थानीय तह नखुलेका १, तेह्रथुमको लालीगुराँसमा २, इलामको चुलाचुली र इलाम नगरपालिकामा १–१ तथा ताप्लेजुङको मिक्वाखोलामा १ जना संक्रमित थपिएका छन् ।
प्रदेश १ मै गरिएको परीक्षणमा प्रदेश १ बाहिर ठेगाना भएका ३५ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ हजार ६३ पुगेको छ । संक्रमित मध्ये ३३ हजार २१२ जना संक्रमणमुक्त भएका छन् । आज ३५३ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या २० हजार ३७ पुगेको मन्त्रालयले जनाएको छ ।