संगालोखबर सम्वाददाता

धनकुटा । निवर्तमान प्रतिनिधि सभा सदस्य एवं एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई काठमाडौंबाट करिब २५ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री लिएर धनकुटा आउँदैछन् । गाडीमा स्वास्थ्य सामाग्री लोड गरेर मंगलबार बिहान उनी काठमाडौंबाट धनकुटा प्रस्थान गरेका हुन् ।

Advertisement

स्वास्थ्य सामाग्री मंगलबार साँझ धनकुटा आईपुग्ने एमाले अध्यक्ष राईले जानकारी दिए । उनकै पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको टेकुस्थित स्वास्थ्य सेवा विभागले धनकुटाका लागि १४ प्रकारका सामाग्री उपलब्ध गराएको हो । बजार मूल्य अनुसार सो सामाग्री करिब २५ लाख बराबरको रहेको राईका स्वकीय सचिव महेन्द्र गिरीले बताए ।

उनका अनुसार अक्सिजन कन्सन्ट्रेटर एक थान, अक्सिजन सिलिण्डर १५ थान, कोरोना परीक्षण गर्न प्रयोगशालामा प्रयोग हुँने आरटी पीसीआर किट ५ सय थान, स्वाब संकलनमा प्रयोग हुँने भीटीएम किट ६ सय थान, एन्टिजेन किट १ सय थान प्राप्त भएको छ ।

त्यस्तै पीपीई सेट, अक्सिजन नाप्न प्रयोग गरिने पल्स अक्सिमिटर, सर्जीकल र एन नाइन्टिफाइब मास्क, सेनिटाइजर, ग्लोब्स लगायत स्वास्थ्य सामाग्री पनि प्राप्त भएको छ । सो सामाग्री धनकुटा जिल्ला अस्पताललाई हस्तान्तरण गरिने अध्यक्ष राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!