धनकुटाका ट्राफिक प्रहरी दिपक बने बैशाख महिनाको उत्कृष्ट प्रहरी
धनकुटा । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी जवान दिपक खड्का बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । ट्राफिक प्रहरी खड्काले गरेको कार्य सम्पादनको मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालयले उनलाई बैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।
प्रहरी जवान खड्काले विभागिय मूल्य मान्यता बमोजिम आदेश, निर्देशनको पालना गरी व्यवसायिक लगनशिल र कर्तव्यनिष्ठ भई दिइएको पदिय दायित्...

























