संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा विगत २४ घण्टाको अवधिमा ८६५ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ३७७ महिला र ४८८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङमा ४०७, सुनसरीमा १९४, झापामा ८६, संखुवासभामा ३७, तेह्रथुममा ३२, धनकुटामा २४, पाँचथरमा २१, ताप्लेजुङमा १८, इलाममा ११, भोजपुरमा ५, उदयपुरमा ४, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा १४० महिला र १५१ पुरुष गरी २९१, सुन्दरहरैंचामा ४३, रतुवामाईमा २७, उर्लाबारीमा १५, लेटाङमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३–३, धनपालथान, जहदा, कटहरी, बेलबारी र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, सुनबर्षी, मिक्लाजुङ र केराबारीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानमा १२१, इटहरीमा ३९, दुहवी, बराहक्षेत्र र रामधुनीमा ५–५, गढी, इनरुवा र स्थानीय तह नखुलेका ४–४, देवानगञ्ज र बर्जुमा ३–३ र भोक्राहा १ जनामा संक्रमण देखिएको छ ।

झापाको मेचीनगरमा ४०, हल्दिबारीमा १५, दमकमा १४, भद्रपुर र विर्तामोडमा ४–४, अर्जुनधारा र स्थानीय तह नखुलेका २–२, बुद्धशान्ति, गौरीगञ्ज, गौरादह, कनकाई र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ । संखुवासभाको खाँदबारीमा ३२, चिचिला र स्थानीय तह नखुलेका २–२ र चैनपुरमा १, तेह्रथुमको म्याङलुङमा ३०, आठराई र स्थानीय तह नखुलेका १–१, धनकुटाको छथर जोरपाटीमा १६, धनकुटा नगरपालिकामा २, महालक्ष्मी, चौविसे र साँघुरीगढीमा १–१ तथा स्थानीय तह नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

पाँचथरको मिक्लाजुङमा १६, तुम्मेवामा ४ र फिदिममा १, ताप्लेजुङको फुङलिङमा १४, सिदिङ्वा, मिक्वाखोलामा १–१, स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा ९, सुर्योदय र चुलाचुलीमा १–१, भोजपुरको पौवादुङ्मा ३, भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलकामा २, त्रियुगा र स्थानीय तह नखुलेका १–१ र खोटाङमा १ जना संक्रमित थपिएका छन् । यता, प्रदेश १ का ल्याबमा गरिएको परीक्षणमा प्रदेश १ बाहिर ठेगाना भएका २५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ हजार ९२८ पुगेको छ । जसमध्ये ३३ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् । आजै मात्र ५२९ जना संक्रमणमुक्त भएका छन् । वाँकी २० हजार ३५१ जना सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!