संगालोखबर सम्वाददाता

सुनसरी । धरानमा बिहिबार साँझ प्रहरी चौकीमै प्रहरीमाथि खुकुरी प्रहार भएको छ । स्थानीय युवासमूहबीच भएको झडप रोक्ने क्रममा धरान–१५ बाझगरास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज असई सुमन दाहालमाथि खुकुरी प्रहार भएको हो । सो क्रममा प्रहरी हवलदार विजय यादव र प्रहरी जवान अरुण राजवंशी पनि सामान्य घाइते भएका छन् ।

Advertisement

प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान भएको हो । दुई समूहबीच भएको झडप रोक्ने क्रममा चौकीका इन्चार्ज दाहालमाथि खुकुरी प्रहार भएको हो । उनीहरूले चौकीको झ्यालको सिसासमेत तोडफोड गरेर फरार भएका छन् । प्रहरीका अनुसार आफूमाथि धम्की आएको भन्दै दुई युवा उजुरी लेखाउँन पुगेका थिए ।

लगत्तै अर्को समूह चौकीमा प्रवेश गरेर खुकुरी प्रहारमा उत्रिएको हो । रोक्ने क्रममा खुकुरीले लागेर असई दाहाल घाइते भएका हुन् । उनको देब्रे हातमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको छ । अस्थायी प्रहरी चौकीमा चार जना मात्र प्रहरी बस्दै आएका छन् । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!