विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ८९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९५, झापामा २३०, सुनसरीमा १७८, धनकुटामा ११४, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु, भोजपुरमा १/ १ र प्रदेश १ बाहिरका २१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९२ महिला र १०९ पुरुषसहित २०१, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरी र सुन्दरहरैंचामा १०/१०, पथरीशनिश्चरेमा ८, सुनबर्षी र रतुवामाईमा ७/७, जहदा, धनपालथान र बेलबारीमा ५/५, ग्रामथानमा ३, रंगेली, केराबारी, कानेपोखरी, लेटाङ र स्थानी तह नखुलेका २/२ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको मेचीनगरमा ६८, विर्तामोडमा ३५, दमकमा २८, कमल गाउँपालिकामा १९, अर्जुनधारामा १७, भद्रपुरमा १५, कनकाईमा १४, बुद्धशान्तिमा १०, गौरीगञ्जमा ५, शिवसताक्षी र स्थानीय तह नखुलेका ४/४, गौरादह र झापा गाउँपालिकामा ३/३, गौरीगञ्जमा २, बाह्रदशी, कचनकवल र हल्दिबारीमा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
यता, सुनसरीको धरानमा ८०, बराहक्षेत्रमा ३९, इटहरीमा ३२, इनरुवा र दुहवीमा ६/६, बर्जुमा ४, हरिनगर, गढी, रामधुनी, देवानगञ्ज र भोक्राहानरसिंहमा २/२ र कोशी गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् । त्यसैगरी धनकुटाको महालक्ष्मीमा ६४, शहिदभूमीमा २४, धनकुटा नगरपालिकामा २१, पाख्रिबासमा ३ र छथर जोरपाटीमा २, उदयपुरको त्रियुगामा २३, उदयपुरगढीमा १ र स्थानीय तह नखुलेका ३, संखुवासभाको खाँदबारीमा ९, मकालु र पाँथखपनमा १/१ जनामा संक्रमण देखिएको हो । इलामको माईजोगमाई र इलाम नगरपालिकामा ४/४, चुलाचुलीमा १, पाँचथरको मिक्लाजुङमा ३, स्थानीय तह नखुलेका २, फिदिममा १, ताप्लेजुङको मिक्वाखोलामा २, फुङलिङ र स्थानीय तह नखुलेका १/१, सोलुखुम्वु र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका २१ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५३ हजार १६५ पुगेको छ । जसमध्ये ३२ हजार ८५९ जना संक्रमणमुक्त भएका छन् । आज ३१२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १९ हजार ५०२ पुगेको छ । प्रदेश १ मा आज २ हजार १९२ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएकामध्ये ३९२ महिला र ५०५ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।