सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । निवर्तमान प्रतिनिधि सभा सदस्य एवं एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले स्वास्थ्य मन्त्रालयमार्फत ल्याएको स्वास्थ्य सामाग्री वुधबार बिहान जिल्ला अस्पताललाई हस्तान्तरण गरेका छन् । अध्यक्ष राईले जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्मालाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

Advertisement

जिल्लामा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेका बेला अध्यक्ष राईको पहलमा स्वास्थ्य मन्त्रालयमार्फत करिब २५ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको हो । काठमाडौं पुगेका अध्यक्ष राईले मंगलबार सो सामाग्री लिएर आएका हुन् ।

मन्त्रालयमार्फत अक्सिजन कन्सन्ट्रेटर एक थान, अक्सिजन सिलिण्डर १५ थान, कोरोना परीक्षण गर्न प्रयोगशालामा प्रयोग हुँने आरटी पीसीआर किट ५ सय थान, स्वाब संकलनमा प्रयोग हुँने भीटीएम किट ६ सय थान, एन्टिजेन किट १ सय थान प्राप्त भएको छ । त्यस्तै पीपीई सेट, अक्सिजन नाप्न प्रयोग गरिने पल्स अक्सिमिटर, सर्जीकल र एन नाइन्टिफाइब मास्क, सेनिटाइजर, ग्लोब्स लगायत स्वास्थ्य सामाग्री पनि प्राप्त भएको छ ।

गत बर्ष पनि कोरोना महामारीका बेला अध्यक्ष राईकै पहलमा धनकुटा अस्पताललाई करिब २६ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!