५ वर्षीय भान्जाको हत्या आरोपमा १२ वर्षीय मामा पक्राउ
ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा पाँच वर्षीय भान्जाको हत्या गरेको आरोपमा १२ वर्षीय मामा पक्राउ परेका छन् । मोलुङ–६ का पाँच वर्षीय साङ्गे शेर्पाको हत्या आरोपमा उनका मामा पर्ने १२ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबारदेखि अचानक बेपत्ता भएका शेर्पालाई आइतबार गाउँ नजिकैको जङ्गलमा स्थानीयले मृत अवस्थामा फेला पारेका थिए । मृतक बालकको शरीरका विभिन्न भागमा चोट लागेकाले घटना शंकास...





























