- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ स्थित ज्यामिटारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ बर्षीया पार्वती बिश्वकर्मा छिन् ।

आफ्नै बारीमा कोदो टिप्ने क्रममा विजुलीको पोलमा छुदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement

करेन्ट लागेको अवस्थामा श्रीमतीलाई बचाउन खोज्दा उनका श्रीमान रुपेश घाइते भएका छन् । उदयपुर जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!