- संगालोखबर सम्वाददाता

खोटाङ । मजदुरीको सिलसिलामा मनाङ पुगेका खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका पेमा तामाङ सम्पर्कविहीन बनेका छन् । काम खोज्दै गत ४ चैत २०७८ मा मनाङको पिसाङमा पुगेका ३९ वर्षीय तामाङ गत १० जेठदेखि सम्पर्कविहीन बनेका हुन् । पेमा गाउँकै दाजुपर्ने दोर्जे भनिने धनबहादुर तामाङसँग मनाङ गएका थिए ।

Advertisement

गत १० जेठ २०७९ सम्म श्रीमती निर्मला तामाङसँग सम्पर्कमा रहेका पेमा रहस्यमय तरिकाले बेपत्ता भएका हुन् । धनबहादुरले १६ जेठमा फोन गरेर पेमा हराएको भन्दै खबर गरेको श्रीमती निर्मलाले बताइन् । श्रीमती निर्मलाले बेपत्ता श्रीमानको खोजीका लागि इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कमा २५ जेठमा जाहेरी दिएकी छन् । तर, हालसम्म पेमाको अत्तोपत्तो लाग्न नसकेको छैन । अन्तिम फोन सम्पर्कमा पेमाले श्रीमतीलाई एक लाख ५० हजारको काम जिम्मा लिएको त्यसमध्ये खानामा ५० हजार खर्च हुने र बाँकी रहेको एक लाख धनकुमारसँग बाँडेर घर पठाउने बताएका थिए ।

हेर्दा नदेखिएको, खोज्दै जाँदा मर्स्याङ्दी नदीको पुलको जिपमा ज्याकेट भेटिएको तर मान्छे नदेखिएको जानकारी दिएका थिए । पेमाका परिवारले घटनालाई शङ्कास्पद मानेका छन् । पेमा बेपत्ता भएको विषयमा जिल्ला प्रहरी कार्यालय मनाङमा उजुरी परेपछि सर्जमिन मुचुल्का गरी मिसिल तयार पारेर धनकुमारलाई केही दिन नियन्त्रणमा लिएर छाडिएको थियो ।

पेमाको दुई छोरा र एक छोरी छन् । घर सम्हाल्दै आएकी निर्मलाले पनि गिट्टी कुटेर बेचेको पैसाले छोराछोरीका लागि पढाइ खर्च जुटाउने गरेकी छन् । नाजुक आर्थिक अवस्था भएकै कारण पेमा मजदुरीका लागि मनाङ पुगेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!