- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिका–१६ रानीस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो ।

Advertisement

प्रहरी कार्यालयको हाताभित्र सञ्चालित शिविरमा नोबेल अस्पतालका नाक, कान, घाँटी, आँखा, दाँत, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, जनरल मेडिसिन, स्त्री रोग र फोक्सो रोगका विशेषज्ञ डाक्टरहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको हो । शिविरमा २ सय ८५ जना पुरुष, ७६ जना महिला र १० जना बालबालिका गरी जम्मा ३ सय ७१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । जसमध्ये  ९७ जनाको रक्त परीक्षण, ७५ जनाको इसीजी र १ सय २ जनाको भिडियो एक्सरे गरिएको छ ।

शिविरमा पूर्व प्रहरी, अमर तथा अशक्त प्रहरीका छोराछोरी, प्रहरी कर्मचारी र उनीहरुको परिवारका सदस्यहरुको स्वास्थ्य परीक्षण गरिएको हो । शिविरमा स्वास्थ्य परीक्षणपश्चात समस्या देखिएका बिरामीका लागि निःशुल्क औषधिकोसमेत व्यवस्था मिलाइएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!