फायल तस्बीर

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–९ स्थित भित्री सडक खण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१९ का ४३ वर्षीय विरेन्द्र लिम्बु छन् ।

बिहिबार दिउँसो ३ बजे को ३२ प ८२३७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा लिम्बु घाइते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!