- संगालोखबर सम्वाददाता
फाईल तस्वीर

झापा । झापाको मेचिनगर नगरपालिका–१३ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार इलामको रोङ गाउपालिका–६ की २३ वर्षीया उषा राईको मृत्यु भएको हो ।

गएराती साढे ८ बजे ना. ८ ख ३३३६ नम्बरको ट्रकले मे.७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट राई घाइते भएकी थिइन् । उनलाई उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

ट्रक र चालक पाँचथरको मिक्लाजुङका सुन्दरराज आङदाम्बेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!