- संगालोखबर सम्वाददाता

खोटाङ। मृत्यु भइसकेका मानिसको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको आरोपमा तीन जना वडा सचिवविरुद्ध मुद्दा दायर गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन वडा सचिवहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

Advertisement

वडा नम्बर–४ का तत्कालीन वडा सचिव मोहन प्रसाद आचार्यसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सोमबार आयोगले तत्कालीन वडा सचिवहरू आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार पवन श्रेष्ठ विरुद्ध ३५ हजार, जानुका श्रेष्ठविरुद्ध १ लाख ७७ हजार र आचार्य विरुद्ध ५५ हजार बिगो माग दावी लिइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!