- संगालोखबर सम्बाददाता

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ स्थित साँगुरीबाट अवैध लागूऔषध गाँजासहित आज एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ का २७ वर्षीय सरोज राई छन् । 

बिहान ५ बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी गस्ती टोलीले राईलाई पक्राउ गरेको हो । प्रहरीलाई शंका लागेपछि राईले बोकेको बोरा चेकजाँचको गरेको थियो । सोही क्रममा ६० किलोग्राम गाँजा बरामद भएको हो । 

पक्राउ परेका राईको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!