- संगालोखबर सम्वाददाता
फायल तस्बीर

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–७ मा ट्रकको ठक्करबाट सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको ताप्ली गाउँपालिका–४ का २५ वर्षीय दिपक राउत छन् ।

प्रदेश नम्बर १–००२–००२ ख ८४५१ नम्बरको ट्रकबाट किराना पसलको सामान झार्ने क्रममा सह–चालक राउतलाई ट्रकको पछाडिको भागले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट उनी घाइते भएका छन् । राउतलाई उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

Advertisement

ट्रक र चालक खगेन्द्र कोइरालालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!