- संगालोखबर सम्वाददाता

धनकुटा ।  धनकुटा नगरपालिका–१ स्थित हिलेमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, धनकुटा नगरपालिका वडा नम्बर १, लाइन्स क्लब अफ विराटनगर युनिक र ग्रीनसिटीको सहकार्यमा दुई दिने शिविर आयोजना गरिएको हो ।

Advertisement

हिले क्याम्पसमा सञ्चालित शिविरको पहिलो दिन सोमबार ६ सय ६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार नोबेलका विशेषज्ञ डाक्टरहरुको टोलीले ११३ जनाको भिडियो एक्सरे, ८५ जनाको इसीजी र ९९ जनाको रक्त परीक्षण गरेको हो । त्यस्तै दाँतमा समस्या भएर शिविरमा आएका २२ जनाको दाँत फुकालिएको छ । शिविर मंगलबार पनि जारी रहने आयोजकले जनाएको छ ।

यसअघि बिहीबार नोबेलले धनकुटाको विश्रान्ति मन्दिरमा शिविर सञ्चालन गरेर ३२० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । नोबेलका सञ्चालकसमेत रहेका प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको योजना अनरुप स्वास्थ्यमा कम पहुँच भएका ग्रामीण क्षेत्रका विपन्न बिरामीहरुलाई लक्षित गरी नोबेलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं बिरामी लाभान्वित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!