- संगालोखबर सम्वाददाता

विराटनगर । अवैध रुपमा भन्सार छलेर ल्याइएका १२ लाख रुपैयाँ बराबरका सामाग्री विराटनगर महानगरपालिका–१६ स्थितबाट प्रहरीले बरामद गरेको छ ।

Advertisement

गएराती भन्सार छलेर भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी गस्ति टोलीले सामाग्री बरामद गरेको हो ।  आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेसिन लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो ।

उक्त सामाग्री १२ लाख ३ हजार ४ सय २० रुपैयाँ मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बरामद भएका सामान भन्सार कार्यालय विराटनगरमा बुझाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!