संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० पालसिंहस्थित भित्री सडकखण्डमा बोलेरो दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

बिहान रुपाटारबाट कटारीतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा ताप्ली गाउँपालिका–१ का ६५ वर्षीय मिनबहादुर सार्की, ताप्ली–२ का ३० वर्षीय फडिन्द्र श्रेष्ठ, ७ वर्षीय भवानी श्रेष्ठ, २ वर्षीया भूमिका श्रेष्ठ, ताप्ली– ५ का २३ वर्षीय सुमित्रा गिरि र ताप्ली–४ का ४५ वर्षीय झगडबहादुर बिश्वकर्मा घाइते भएका थिए ।

Advertisement

उनीहरुलाई उपचारका लागि कटारी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा मिनबहादुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरीले जनाएको छ । अन्य घाइतेहरु सोही अस्पतालमा उपचाररत छन् । बोलेरो चालक ईश्वर नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!