उज्यालो विराटनगर अभियान सुरु, सबै वडाका मुख्य सडकमा बत्ती जडान गरिने
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित विकसित महानगर बनाउने अभियानमा लागेको महानगरले उज्यालो विराटनगर अभियान पनि सुरु गरेको छ ।
पहिलो चरणमा सीमाना सडकलाई प्राथमिकतामा राखेर महानगरले बत्ती जडान गरिरहेको छ । रातिको समयमा लाइट नबालिकनै पनि गाडी कुदाउन सक्ने होस् भन्ने चाहेको महानगरका मेयर नागेश कोइरालाले बताए । विराटनगरवासीले गर्व गर्न लायक महानगर बनाउने आफ्नो लक्ष्यमा सबैतिरबाट साथ र सहयोग...






























