- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि सञ्चालन हुन लागेको विराट एक्स्पोमा जानका लागि निःशुल्क बसको व्यवस्था मिलाइने भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा पुस ६ गतेसम्म हुने एक्स्पोमा आउनेहरूलाई लक्षित गरी सटल बस (निःशुल्क) सेवा सञ्चालनमा ल्याइने भएको हो ।

एक्स्पो अवलोकन गर्न आउनेहरूलाई लक्षित गरी सातै दिन अर्थात् एक्स्पोको समयसम्म सटल बसले सेवा दिने आयोजक समितिले जनाएको छ । विराटनगर महानगरपालिकाका विभिन्न १४ स्थानबाट निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याइनेछ । निःशुल्क सटल बस सेवा सञ्चालनले एक्स्पोमा अवलोकनकर्ताहरूलाई आवतजावतमा सहजता प्रदान गरेर थप आकर्षित गर्ने आयोजकले विश्वास लिएको छ ।

Advertisement

एक्स्पोमा सहभागी हुन देशका विभिन्न स्थान र छिमेकी मुलुकबाट आउने आगन्तुकहरूलाई लक्षित गरी विराटनगरका होटलहरूलेसमेत छुटको व्यवस्था गर्ने भएका छन् । आयोजक समितिले होटल एशोसिएसन प्रदेश १ सँग सहकार्य गरी विराटनगरका साना तथा ठूला सबै होटलमा विशेष छुटको व्यवस्था मिलाएको हो । होटलहरूमा एक्स्पो अवधिभर डिस्काउण्टसहितको विराट एक्स्पो–२०७९ को छुट्टै मेन्यु राख्ने व्यवस्था गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!