- संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीसहित चार जिल्ला अध्यक्षलाई एमाले केन्द्रिय कमिटीले आज सम्मान गरेको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा क्लिन स्वीप गर्न सफल हुँने जिल्लाका अध्यक्षहरुलाई एमालेले सम्मान गरेको हो ।

सम्मानित हुँनेहरुमा एमाले धनकुटा अध्यक्ष पराजुलीसहित पर्वतका अध्यक्ष राजु पौडेल र अर्घखाँचीका अध्यक्ष पीताम्बर भुसाल छन् । जिल्लाका सबै सिटमा पार्टीलाई बिजयी गराए बापत उनीहरु सम्मानित भएका हुन् ।

त्यस्तै संसदीय इतिहासमै पहिलो पटक चुनाव जिताउँन सफल भएबापत सोलुखुम्बु जिल्ला अध्यक्ष डुफ कुमार बास्तोला पनि सम्मानित भएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले चारै जना अध्यक्षलाई सम्मान गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!