- संगालोखबर सम्वाददाता
फायल तस्वीर

ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ कुन्तादेवीमा रहेको बाख्रा फर्ममा आगलागी भएको छ । आगलागी हुँदा १२५ खसी बाख्रा जलेर मरेका छन् ।

कुन्तादेवीमा सञ्जय खत्रीले सञ्चालन गरेको फर्ममा आगलागी हुँदा करिब ८० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

आगलागीबाट फार्म पूर्णरुपमा जलेर नष्ट भएको छ । विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!