विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित एयरपोर्ट नहरबाट लागुऔषध गाँजासहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–११ का गोरे भनिने २८ वर्षीय अस्पन राई छन् ।

राईले को ३८ प ७९५१ नम्बरको स्कुटरमा ल्याँदै गरेको ५ केजी गाँजा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । पक्राउ परेका राईको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!