- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी जवान ईश्वरप्रशाद दाहाल उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालयले उदयपुरको गाइघाट घर भएका दाहाललाई कात्तिक महिनाको ‘पुलिस अफ दी मन्थ’ घोषणा गरेको हो ।

दाहालले लगनशील र कर्तव्यनिष्ट भएर उच्च मनोबलका साथ तोकिएको जिम्मेवारी पुरा गरेको संगठनको ठहर छ । त्यस्तै, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि खटाइएका म्यादी प्रहरीको तालिमका क्रममा दाहालले प्रशिक्षकको उत्कृष्ट भूमिका निर्वाह गरेको प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले हरेक महिना उत्कृष्ट कार्यसम्पादन गर्ने एक/एक जना प्रहरीलाई ‘पुलिस अफ दी मन्थ’ घोषणा गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!